एसइईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा विद्यार्थी भर्ना अभियान तीव्र छ । विद्यालयले आफ्नो विद्यालयमा विद्यार्थी आकर्षित गर्न नयाँ कार्यक्रमहरू थप गर्ने र प्रभावकारी बनाउने अभियान अगाडी बढाएका छन् । इटहरीको नर्थ प्वाइन्ट सेकेण्डरी स्कुलले पनि सोही अनुसार आकर्षक कार्यक्रम ल्याएको छ । इटहरीको पुरानो र सफल शैक्षिक संस्थाको रूपमा परिचित नर्थ प्वाइन्टका आगामी कार्यक्रम र योजना बारे प्रिन्सिपल राजन दाहाल सँग गरिएको कुराकानी ।

एसइईको नतिजा भर्खरै सार्वजनिक भयो, कक्षा ११ १२ लक्षित कस्ता कार्यक्रम ल्याउनु भएको छ ?

हामीले अहिले प्लस टु लक्षित केही कार्यक्रमहरू सार्वजनिक गरेका छौँ । मूलतः व्यवस्थापन र मानविकी संकायका कक्षाहरू सञ्चालनमा छन् । व्यवस्थापन सङ्कायमा कम्प्युटर साइन्सका कक्षाहरूलाई जोड दिइएको छ । मानविकीमा सोसीयोलोजी, कम्युनिकेसन र आरडी (रुलर डेभलपमेन्ट) का कक्षाहरू सञ्चालन गर्ने भएका छौँ ।

अहिले सम्मको विद्यार्थीको प्रतिक्रिया र आकर्षण कस्तो छ ?

पछिल्लो समय धेरै विद्यार्थीलाई हामीले विद्यालयमै बोलाएर काउन्सिल गरेका छौँ । धेरै विद्यार्थीले राम्रो प्रतिक्रिया दिएका छन् । हाम्रो विद्यालयको भौतिक पूर्वाधारलाई शैक्षिक वातावरण मैत्री बनाएका छौँ । साँच्चै नै शान्त वातावरणमा पठन पाठन हुन्छ । एसी सहितका कक्षाहरू सञ्चालनमा छन् । यसले विद्यार्थीलाई हौसला मिल्छ भन्ने विश्वास छ । कक्षा कोठामा प्रोजेक्टर जोडेर प्रविधिमैत्री कक्षाहरू सञ्चालनमा जोड दिन खोजेका छौँ ।

नर्थ प्वाइन्ट नै किन आउने त विद्यार्थी ?

कमसेकम विद्यार्थी पास भएपछि बजारमा आफ्नो क्षमता देखाएर उत्कृष्ट हुन सकोस् भन्ने हो । मुख्यतः लिडरसिप स्किल, पर्सनालीटी डेभलपमेन्ट, पब्लिक रिलेसन स्किल र डाटा बेस प्रोग्रामलाई ध्यान दिएका छौँ । बाहिरका प्राविधिक संस्था सँग समन्वय गरेर सिपयुक्त विद्यार्थी उत्पादन गर्न खोजेका छौँ । त्यसबाहेक ल्याब सहितका कक्षामा हामीले जोड दिएका छौँ ।

इटहरी-४ आइतबारेबाट इटहरी १ मा सर्नुभएको छ, कस्तो वातावरण महसुस हुँदैछ ?

पहिला बिच बजारमा विद्यालय थियो । धेरै कोलाहल र हल्लाले शैक्षिक वातावरण खलबलिने अवस्था थियो । बजार बाट गाउँमा सरेपछि धेरै रमाइलो हुने रहेछ । कोलाहलको वातावरणबाट शान्त क्षेत्रमा आएका छौँ । यसले धेरै सहयोग पुर्‍याएको छ ।

आधारभूत तहमा कस्ता कक्षाहरू सञ्चालन हुँदैछन् ?

नियमित विद्यार्थी पढाउने कुरा छदैछ । कोर्षमा भएका विषय पढाउने कुरा भइहाल्यो । तथापि हामीले 'फ्राईडे'लाई 'बुक फ्री डे' को रूपमा मनाउने गरेका छौँ । शुक्रवार किताब बिनै विद्यार्थीलाई बोलाउने गर्छौ । त्यस दिन विभिन्न साङ्गीतिक कार्यक्रमहरू हुन्छन् । त्यसका अलावा विद्यार्थीलाई खाना पकाउन, घर सरसफाइ गर्न, इलेक्ट्रीसियन ट्रेनिङ लगायत घरमा र दैनिक जीवनमा चाहीने कुराहरू सिकाउँछौँ।

अरू विद्यालय छाडेर नर्थ प्वाइन्ट नै किन आउने ?

अरू विद्यालय भन्दा शान्त वातावरण छ भन्नेमा हामी विश्वस्त छौँ । विद्यार्थीलाई यातना दिएर हैन हौसला दिएर पढाउने हाम्रो उद्देश्य छ । विद्यार्थीले आफ्नो क्षमता चिन्न सक्ने र देखाउन सक्ने वातावरण हामी बनाउँछौ । ताकी उसले भविष्यमा के बन्ने र के गर्ने भन्ने विषयमा विद्यालय तहमै निर्णय लिन सकोस् । अभिभावकले पनि परीक्षाको अङ्क सँगै छोराछोरीको रुचि थाहा पाउन भन्ने मुख्य कुरा हो ।

शिक्षकको गुणस्तरीयतालाई कसरी लिनुभएको छ ? 

इटहरीबाट धेरै विद्यार्थी बाहिरिएका छन् । त्यसको प्रमुख कारण इटहरीका शैक्षिक संस्थाका शिक्षकका गुणस्तर पनि हो । गुणस्तरीय शिक्षक वा शैक्षिक वातावरणको अभाव पुरानै हो । तर हामीले शिक्षकको स्तरलाई एकदमै प्राथमिकतामा राखेका छौँ । दक्ष शिक्षक राख्ने कोसिस गरेका छौँ । पढाउन सक्ने मात्र हैन विद्यार्थीको भावना बुझ्ने र सोही अनुसार बुझाउन सक्ने शिक्षक हामीले व्यवस्थापन गरेका छौँ । 

शुल्कले पनि विद्यार्थी भर्नामा असर पर्ला नि ! 

हामीले अन्य विद्यालयको जस्तै कम्प्युटर साइन्समा ४ हजार प्रति महिना लिएका छौँ । त्यसमा केही स्कलरसिपको व्यवस्था गरेका छौँ । एसइईमा ए प्लस ल्याउनेलाई एडमिसनमा ९० प्रतिशत, ए ल्याउनेलाई ७५ प्रतिशत, वि प्लस ल्याउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । त्यस बाहेक छात्रवृत्तिका अन्य सुविधा कायमै छन् ।

स्थानीय तहले गरेको १० प्रतिशत छात्रवृत्तिको विषयले कस्तो असर पुर्‍याएको छ ?

हामीले छात्रवृत्ति विगतमा पनि दिँदै आएको हो । पहिला दिँदै आएको कुरालाई अभिलेखमा दिनुपरेको मात्र हो । यसले खास समस्या पारेको छैन । हामीले विगत देखिने छात्रवृत्ति दिँदै आएका छौँ ।

northpoint 1