धरान : सुनसरी जिल्ला अन्तर विद्यालय सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रेडले चुमेको छ ।
एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि चुमेको हो । ट्राईबेकरमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो ।
उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजारमा चित्त बुझाउनु प¥यो ।
प्रतिस्पर्धात्मक खेल दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । पुलिस स्कुलका अनुराग राई र समीर राईले गोल गरे पनि जोनिस राई, उज्ज्वल थापा र कृष्ण राईको प्रहार विफल हुँदा पुलिस उपविजेता भएको हो ।
फाइनलको म्यान अफ द म्याच पुलिस स्कुलका कृष्ण राई घोषित भए ।उनले नगद १ हजार प्राप्त गरे । व्यक्तिगत विधाको पुरस्कारमा पनि सुनाखरी रेडले वर्चस्व कायम गर्यो । वेस्ट गोलकिपर सुनाखरी रेडका रोजेश ओझा, वेष्ट डिफेन्डर सुनाखरी रेडका करण थापा, बेष्ठ कोच सुनाखरी रेडका ईन्दु रसाइली, हाईस्कोरर सुनाखरी रेडका श्रीहाङ राई घोषित भए ।उनीहरूले जनही नगद २५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
वेस्ट फरवार्ड पुलिस स्कुलका समीर राई घोषित भए । उनले नगद २५ सय नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फेयर प्ले टिम प्रभात ईङलिस बोडिङ स्कुल धरान १२ भए । प्रभातले नगद ५ हजार प्राप्त गरे । वेस्ट प्लेयर सुनाखरी रेडका एलिन थापा मगर घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र हात पारे ।
प्रतियोगिताको पहिलो सेमिफाईनको पुरस्कार सैनिक आवसिय स्कुल र दोस्रो सेमिफाइनल खेल विजेता ज्वालामुखी माविले नगद ५/५ हजार सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
प्रतियोगिता भर उत्कृष्ट समाचार लेख्ने पत्रकार र्याडिकल लाइट अनलाइन का सम्पादक तीर्थ काकीलाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरिएको छ।


































































