धरान : संस्थागत विद्यालयहरूका शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्दै शैक्षिक सशक्तीकरणका लागि धरानमा ‘एम्पावरिङ एजुकेटर्स’ विषयक दुई दिने व्यावसायिक विकास कार्यशाला आयोजना गरिएको छ ।
धरानका ४ निजी विद्यालय सियोन, केके, आईडियल र कार्मेल स्कुलका १२१ जना शिक्षक सहभागी रहेको कार्यशाला आज शुक्रवार सुरु भएको हो । सियोनबाट ४०, केकेबाट ४०, आईडियलबाट २० र कार्मेलबाट २१ शिक्षक सहभागी छन् ।
काठमाण्डौं स्थित अन्तर्राष्ट्रिय अध्ययन संस्थाद्वारा आयोजित तालिममा आधुनिक शिक्षण–सिकाइ प्रविधि, प्रभावकारी कक्षा व्यवस्थापन तथा विद्यार्थी केन्द्रित शिक्षण विधिलाई विशेष जोड दिइएको छ ।
आईडियल स्कुलका प्रिन्सिपल सागर खड्काका अनुसार पहिलो दिन शिक्षकहरूलाई लक्षित प्रशिक्षण कक्षा सम्पन्न भयो । दोस्रो दिन प्रिन्सिपल, विद्यालय व्यवस्थापन र स्कुल इन्चार्जहरूका विशेष सत्र सञ्चालन गरिने छ ।

तालिममा प्रशिक्षक डा. श्रीकृष्ण वाग्ले र हिक्मत दाहालले सहजीकरण गरिरहेका छन् । आयोजकका अनुसार दोस्रो दिन विद्यालय सञ्चालन व्यवस्थापन, शैक्षिक नेतृत्व विकास तथा संस्थागत सुधारका विषयमा विस्तृत छलफल तथा प्रशिक्षण हुने छ ।