बेलबारी : मोरङको बेलबारी नगरपालिका-७ स्थित भाउन्ने-आमतोला सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बाहुनी बजारबाट करिब ७ मिटर उत्तरतर्फ जाँदै गरेको ना २ त ९६१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको निधन भएको एक स्थानियले जानकारी दिए।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएकाे उनले बताए । मृतकको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि बिराटनगर लगिएको छ।
दुर्घटनाका कारण र थप विवरण आउन बाँकी छ। घटना आज बिहान १० बजे भएको बताइएको छ ।


































































