धरान : धरान नगर अन्तर वडा महिला नकआउट फुटबल प्रतियोगिताको आज शुक्रवार भएको पहिलो र दोस्रो दुवै खेल ट्राईबेकरमा निर्णय भयो ।
पहिलो टाई ब्रेकरमा धरान–३ ले धरान–१४ लाई २–० गोलले पराजित गर्‍यो ।
दोस्रो टाई ब्रेकरमा धरान–२० ले धरान–५ लाई ३–० गोलले पराजित गर्दे क्वाटर फाइनलमा प्रवेश गरेको छ । 
धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटमा दुवै खेलमा कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको हो । 
खेलको ‘फेयर–प्ले अफ द म्याच धरान–३ की नम्रता लिम्बु र धरान–२० की एलिसा राई घोषित भइन् । दुवैले नगद २/२ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 
मङ्सिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ । 
व्यक्तिगत विधातर्फ ‘फेयर–प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान–१६ ले गरेको हो ।