इटहरी : इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति छनौट विवादमा परेको छ । अभिभावक भेलामा मनोनयन दर्ता गराएका उम्मेदवारलाई बेवास्ता गर्दै नगर शिक्षा समितिले व्यवस्थापन समिति तोकेपछि चौतर्फी आलोचना भएको हो ।

स्थानीय अगुवा तथा अभिभावकले आन्दोलनको कार्यक्रम गरेरै विरोध जनाइरहेका छन् । सोही क्रममा नेकपा एमाले इटहरी उपमहानगर कमिटीले राजनैतिक भागबन्डा नलिने तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विगतमा दुई कार्यकाल पूर्णकालीन र एक कार्यकाल अस्थायी अध्यक्ष भएका काशीनाथ दंगाललाई चौथो पटक अध्यक्ष बनाएपछि एमालेले विरोध जनाएको हो । नेकपा एमालेकै नेता दंगाललाई बारम्बार नियुक्त गरिनु सही नियत र तरिका नभएको बताइएको छ ।

एमाले अध्यक्ष रुपेश बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक र अवैधानिक कदमले शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप बढाएको बताएका छन् । हालसम्म भएका त्रुटि र प्रक्रिया सच्याएर अभिभावक भेला मार्फत समिति चयन गर्न उनले आग्रह गरेका छन् ।

CPN UML itahari