धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेठ ८ गते देखी सरकारी निर्णय अनुसार सातामा दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा हुनेछ । शुक्रवार भने पूर्ण कार्यालय समय अनुसार प्रतिष्ठान खुला रहने छ ।

प्रतिष्ठानका नवनियुक्त निमित्त कार्यालय प्रमुख डा.इन्द्रकुमार लिम्बुद्वारा आइतबार प्रकाशित सूचनामा उक्त कुरा जनाइएको छ ।सरकारले गत चैत २२ गते राजपत्रमा सूचना प्रकाशित गरी साताको दुई दिन बिदा लागु गरेको थियो ।

सूचनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट २ दिने बिदाको परिपत्र प्राप्त भएपछि सरकारी निर्णय लागु गरिएको उल्लेख छ । प्रतिष्ठानको योजना तथा मूल्याङ्कन समितिले समेत आवश्यक गृहकार्य गरी राय सुझाव पेस गरे अनुसार जेठ ८ देखी दुई दिने बिदा लागु गरिएको सूचनामा जनाइएको छ ।

BPKIHS notice