इटहरी : इटहरी आइतबारेमा रहेको 'नर्थ पोइन्ट सेकेण्डरी बोर्डिङ' स्कुल इटहरी हलगाडा स्थिति आफ्नै भवनमा सरेको छ । सात करोडको लागतमा निर्माण गरिएको अत्याधुनिक भवनमा गत वैशाखमै नर्थ पोइन्टले आफ्नो पठनपाठन सुरु गरेको हो ।

बदलिँदो शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै आधुनिक प्रविधिहरूको प्रयोग गरेर नयाँ भवनमा पठन पाठन सुरु गरेको बोर्डिङका प्रधानाध्यापक राजन दाहालले बताए । 'पुरानो ठाउँ अलि साँघुरो भयो, भाडा तिरेर बोर्डिङ चलाइरहेका थियौ' दाहालले भने 'अहिले आफ्नै भवनमा सारेका हौ । विद्यालय प्रयोजनकै लागी बनाएको भवन भएकाले प्रविधिमैत्री शिक्षण प्रणालीमा अबको हाम्रो प्राथमिकता हुनेछ ।'

शिशु कक्षा देखि कक्षा १२ सम्मको अध्ययन गराउने नर्थ पोइन्टले आफूलाई नयाँ स्वरूपमा ल्याएको हो । २०५३ सालमा स्थापना भएको नर्थ पोइन्टले २०७२ सालमा नयाँ सञ्चालकहरू पाएसँगै विद्यालयलाई नयाँ ढङ्गबाट संचालन सुरु गर्ने भएका हुन् । प्रधानाध्यापक दाहालका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलाप देखि सीप युक्त पठनपाठन तथा प्रशिक्षणलाई प्राथमिकता दिएको छ ।

‘आजको सिकाइ, भोलिको नेतृत्व’ भन्ने नारा तय गरेर सोही अनुरूप शैक्षिक वातावरण सृजना गरिएको प्रधानाध्यापक राजन दाहालले बताए । विद्यार्थीको रुचि र क्षमता अनुसार आधुनिक शिक्षण सिकाइ विधिहरू अपनाउने गरिएको उनको भनाइ छ ।

‘आधुनिक सिकाइ प्रविधि अन्तरगत 'अडियो भिजुअल' प्रविधिको प्रयोग गरेका छन् । प्रविधि मात्र हैन शिक्षक पनि सोही अनुसारको व्यवस्थापन गर्नै पर्‍यो । हामीले विद्यार्थीलाई यातना हैन हौसला दिएर पढाउने शैली अपनाएका छौ ।,’ उनले भने, ‘पुस्तक मात्र पढाएर विद्यार्थी कसरी सक्षम बन्न सक्छन् त ! सक्दैनन् नि हैन ? त्यसैले नर्थ प्वाइन्टमा खेलकुद, सङ्गीत, तेक्वान्दोका कक्षाहरू विशेष रूपमा सञ्चालनमा ल्याएका छौँ ।’

शिक्षा नियमावलीलाई पालना गर्दै असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्ति कार्यक्रम ल्याएको उनले प्रष्ट पारे । यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन तर्फ कम्प्यूटर विज्ञान पढाई शुरु हुने प्रधानाध्यापक दाहालले बताए । कक्षा ११–१२ मा मानविकी संकायका नयाँ विषय थप गरेसँगै पत्रकारिता र रुलर डेभलपमेन्टका बिषयहरु थप गरिएको उनले जानकारी दिए ।

तिन वटा बस समेत संचालन रहेको नर्थ पोइन्टमा हाल ६ सयको हाराहारीमा विद्यार्थी रहेकामा आगामी शैक्षिक सत्रबाट ९ सय विद्यार्थी सङ्ख्या पुर्याउने लक्ष्य रहेको छ ।

northpoint 4northpoint 2northpointnorthpoint 3