इटहरी : राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रामचरित्र मेहता चयन भएका छन् । मन्त्री स्तरीय निर्णयबाट मेहतालाई सदस्य सचिवमा चयन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव मेहतालाई अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरिएको छ । मङ्सिर १६ गतेको पत्र अनुसार मेहतालाई राखेपकै खाताबाट तलब भुक्तानी हुने गरी व्यवस्था मिलाइएको हो ।
मेहता इटहरी उपमहानगरपालिकामा ४ वर्ष प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका थिए । इटहरीबाट खेलकुद मन्त्रालय पुगेका उनी विराटनगर महानगरपालिका सरुवा भए । महानगरपालिकाका मेयर नागेश कोइरालाले हाजिर नगराउने अडान लिएपछि मेहता पुनः खेलकुद मन्त्रालय फर्किएका थिए ।