वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टीमा रहेको महेन्द्रनगर स्वास्थ्य चौकीले साकेला पार्क अगाडि स्थित साझा भवन परिसरमा निर्माण भएको नवनिर्मित कार्यालय बाट सेवा सुरु गरेको छ ।
नवनिर्मित भवनको रिबन काटेर र अस्पतालका स्वास्थ्यकर्मीहरूलाई कार्यालयमा प्रवेश गराएर बिधिवत रूपमा नयाँ भवनबाट स्वास्थ्य चौकीको सेवा बिस्तार नगर प्रमुख रमेश कार्कीले गराएका हुन् ।
साझा परिसरमा वराहक्षेत्र नगरपालिकाले प्रसूति गृह भवन र नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग मझ्यौला र साना शहरहरुमा खानेपानी,सरसफाई ,स्वच्छता,तथा स्वास्थ्य पहलहरू मार्फत कोभिड १९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत सामुदायिक बहुउद्देश्यीय भवनको निर्माण भएको थियो ।
स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडा नं ६ का अध्यक्ष तथा महेन्द्रनगर स्वास्थ्य चौकीका अध्यक्ष उद्धव प्रसाद पोखरेल, कार्यपालिका सदस्य दुर्गा राई , लेखा अधिकृत वीरेन्द्र यादव,प्राविधिक शाखा प्रमुख राजु भट्टराई ,स्वास्थ्य शाखा प्रमुख डाक्टर धनराज यादव,शिक्षा शाखा प्रमुख उत्तम राज भारती , योजना शाखा प्रमुख राम ढकाल , पशु शाखा प्रमुख विमल अधिकारी , नगरपालिका जनस्वास्थ्य निरीक्षक उमेश मेहता , महेन्द्रनगर स्वास्थ्य चौकीका प्रमुख पृथ्वी चन्द्र भगत,महिला स्वास्थ्य स्वयम् सेविकाहरू,महेन्द्रनगर स्वास्थ्य चौकीका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाको पहलमा नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग मझ्यौला र साना शहरहरुमा खानेपानी , सरसफाई ,स्वच्छता, तथा स्वास्थ्य पहलहरू मार्फत कोभिड- १९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत निर्मित सामुदायिक बहुउद्देश्यीय यस अगाडी नगरपालिकाले भवनको स्वामित्व लिएको थियो ।
भवनको कुल निर्मित क्षेत्रफल ७६० वर्ग मिटर, भवनले ओगटेको क्षेत्रफल ३७५ वर्ग मिटर योजनाका मुख्य अवयवहरू करिब ३२० वर्ग मिटर क्षेत्रफलमा निर्मित महिला पुरुष अपाङ्ग मैत्री शौचालय सहित १६ बेड क्षमताको २ ठुला कोठा र प्रशासनिक, नसिंङ्ग, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिण्डर समेतको भवनमा रहेको छ ।
त्यस्तै नगरपालिकाले प्रसूति गृह भवनको निर्मित गरेको थियो । उक्त नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग मझ्यौला र साना शहरहरुमा खानेपानी , सरसफाई , स्वच्छता, तथा स्वास्थ्य पहलहरू मार्फत कोभिड- १९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत निर्मित सामुदायिक बहुउद्देश्यीय २०७९ चैत्र १० गते नगर प्रमुख रमेश कार्कीले शिलान्यास गरेका थिए ।


































































