वराहक्षेत्र : वराहक्षेत्र वडा नं.६ र ९ स्थित श्रीलङ्का टप्पुमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अनुसार पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन भएको छ ।

नगरपालिकाले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी इनरुवासँग समन्वय गरेर उक्त शिविर आयोजना गरेको थियो । शिविरमा स्थानीयहरू कृषकको बोका, बाख्रा, राँगा, भैँसी तथा कुकुर

बन्ध्याकरण सँगै ८ सय ११ वटा पशु तथा जनावरहरूको स्वास्थ्य परीक्षण तथा सेवाहरू प्रदान गरेको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक विमल अधिकारीले जानकारी दिए ।

उक्त शिविरमा स्थानीयले पशु, चौपायाहरूको निःशुल्क स्वास्थ्य परीक्षणको सेवा तथा औषधि समेत वितरण गरिएको उनले बताए ।

शिविरमा नगर प्रमुख रमेश कार्की, वडा नं.१ का अध्यक्ष किसन थापामगर, कोशी प्रदेश पशु पन्छी तथा मत्स्य विकास कार्यालयका निर्देशक, नगरपालिकाको पशु विकास शाखाका पशु तथा भेटनरी प्राविधिक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी इनरुवाका निर्देशक, विज्ञ टोली तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो ।