वराहक्षेत्र :वराहक्षेत्र नगरपालिकामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसीय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
मङ्गलवार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुलाई उक्त वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
बिद्यार्थीहरुलाई वित्तीय संस्था,वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान,वित्तीय निर्णयहरू साथै व्यक्तिहरूले बैङ्कमा बचत खाता खोल्न,बचत गर्न,ऋण लिन,ब्याजदर,बिमा,बजार अध्ययन र पैसाको उचित व्यवस्थापन,बचत,लगानी,र डिजिटल कारोबार सम्बन्धी ज्ञान प्रदान गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए ।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना भएको प्रशिक्षण कार्यक्रममा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगम कार्यालय चतराका अनुगमन अधिकृत हेमराज दाहालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले गरेका थिए ।