धरान : प्रहरीले धरान-१५ बाट जय खड्गी र विशाल राईलाई आइतबार लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरूलाई अस्थायी प्रहरी चौकी श्यामचोकले पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन र डिकोलिक १२२० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले शनिवार झापाको मेचीनगर-६ बाट सर्लाही ईश्वरपुर-४ घर भई हाल अर्जुनधारा-११ मा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जामगरलाई ७३ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले विराटनगर १६ बाट विराटनगर १५ का मोहन चौधरीलाई ४ ग्राम ६५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले सुन्दरहरैँचा-६ का बिपिन दाहाललाई १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।