धरान : धरानका मुस्लिम समुदायले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र  सामूहिक रूपमा मनाएका छन् ।उनीहरूले शनिवार सामूहिक नमाज अदा गर्दै उल्लासपूर्वक इद उल फित्र पर्व मनाएका हुन ।
धरान स्थित ३ स्थित मस्जिदमा मुस्लिम समुदायका धर्मावलम्बीहरू भेला भई सामूहिक नमाज प्रार्थना गरेका हुन्। इदको नमाज परम्पराअनुसार सामूहिक रूपमा मस्जिद वा इदगाहमा पढ्ने चलन छ।
पवित्र रमजान महिनाभरि ३० वटा रोजा सम्पन्न गरेपछि गरिब तथा विपन्न समुदायका लागि फित्रा दान निकाल्ने परम्परा रहेको छ। 
आफूले कमाएको आम्दानीबाट निश्चित अंश छुटाएर भोका तथा असहाय व्यक्तिलाई सहयोग गर्नु यस पर्वको मुख्य सन्देशका रूपमा लिइन्छ।
इद पर्व मनाउँदा सबैभन्दा पहिले आफ्ना विपन्न आफन्त तथा छिमेकीहरूलाई प्राथमिकता दिने चलन रहेको छ। गरिब परिवारलाई लुगाफाटा,खानेकुरा तथा सेबई जस्ता परिकार उपलब्ध गराउँदै सबैले मिलेर खुसी साटासाट गर्ने परम्परा रहेको समुदायका अगुवाहरू बताउँछन्।
इद उल फित्र पवित्र रमजान महिनाको समाप्तिसँगै मनाइने महत्त्वपूर्ण पर्व हो। इस्लामिक परम्पराअनुसार रमजानको अन्तिम दिन साँझ अर्धचन्द्राकार चन्द्रमा हिलाल देखिएपछि रोजा समापन भई इद पर्वको सुरुवात हुने विश्वास गरिन्छ।
यस पर्वले दया, सहयोग, समानता र सामाजिक सद्भावको सन्देश दिने भएकाले मुस्लिम समुदायले व्यवस्थित र सामूहिक रूपमा इद मनाउने परम्परा रहँदै आएको छ।
कोशी प्रदेश साम्सद रमेश बस्नेत र विजय राईको पहल यलम्बर पार्क नजिक रहेको मुस्लिम कब्रिस्तान क्षेत्रमा करिब १० लाख रुपैयाँको बजेटमा इदगाहमा सौन्दर्यीकरण गरिएको फिरोज अलीले बताए।
eid-22
eid