धरान : नेवा थयु गुथीको १८औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सोही अवसरमा नेवा सांस्कृतिक कार्यक्रम सहित धिमे बाजा तालिमको समापन भएको हो । 
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले संस्कार र संस्कृति जोगिए मात्रै समुदायको अस्तित्व बच्ने भएकोले संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी भएको बताए । 
धरान–८ स्थित नयाँ बसपार्कमा भएको सभा भएको थियो ।
सभाले संस्थाको सङ्गठनात्मक गतिविधि, सांस्कृतिक संरक्षण तथा आगामी योजना सार्वजनिक गरेको छ