इटहरी : इटहरीको सङ्गीत साधना प्रतिष्ठानमा सगरमाथा आरोही र हिमाल अध्येता बिच बहस भएको छ ।
२०७९ सालमा सगरमाथाको सफल आरोहण गरेका इटहरीका दुई युवा नेताहरूसँग अनुभवमा आधारित बहस चलेको हो ।
प्राध्यापक तथा हिमाल अध्येता अर्जुन उप्रेतीले सगरमाथा सहित ५ वटा हिमालको बेसक्याम्प पुगेको अनुभव सुनाए ।
आफ्नो हिमाली अनुभव सहित कार्यक्रम सुरु गरेका उनले हिमालमा पुग्न आँटले सहित हिमाल प्रतिको प्रेम पनि चाहीने बताए । हिमालको दृश्यले भावुक मात्र बनाउँदैन नयाँ ऊर्जा र उत्साह समेत भर्ने उनको अनुभव छ ।
कञ्चनजङ्घा बेसक्याम्पबाट सुरु भएको उप्रेतीको बेसक्याम्प यात्रा सगरमाथा सम्म पुगेको हो । भर्खरै सगरमाथा बेसक्याम्प पुगेर फर्किएका उनले आफूले अध्यापन गराउने जनता बहुमुखी क्याम्पसको ब्यानरलाई सबैतिर पुर्याइरहेका छन् ।
१४ वर्ष अगाडी सगरमाथा आरोहण गरेका शिव डाँगी र मदन चुँडालले आफ्नो अनुभव सुनाउँदै हिमालमा हुने फेक रेस्क्युबारे समेत धारणा राखे ।
गाइडको रूपमा शेर्पाहरूले मेहनत गरे पनि धेरै विदेशी र नेपाली पर्यटकलाई विभिन्न बहानामा दुःख दिने गरेको बताए ।
अनावश्यक दुःख दिएर बार्गेनिङ गर्दा हिमाल आरोहण प्रतिको धारणा परिवर्तन भएको उनीहरूको भनाइ छ । सगरमाथाको यात्रामा धेरै मेहनत र साहस चाहीने चुँडालको भनाइ छ ।
मृत्युलाई नजिकबाट नियाल्न र स्वर्गको अनुभूति हिमालले दिएको उनले सुनाए ।









































































