धरान : नेपाल दशनामी समाज धरानले धरान उपमहानगरपालिकाको सहयोगमा समुदायका महिलाहरूलाई मासुको अचार बनाउने सिपमूलक २ दिने तालिम शुक्रवार सम्पन्न गरेको छ ।
समापनका अवसरमा कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले अचार बनाउने सीपलाई व्यवसायमा रूपान्तरण आग्रह गरे । उनले भने ‘तालिम लिएर मात्र हुँदैन तालिमको मुख्य उद्देश्य सहभागीलाई आत्मनिर्भर बनाउनु हो, अचार उद्योग खोलेर रोजगार भएपछि मात्र उद्देश्य पुरा हुन्छ ।’
बेघाले राज्यले ड्राइभिङ, इलेक्ट्रिसियन जस्ता सीपमूलक तालिममा गर्ने लगानी नागरिकलाई सक्षम बनाउँदै स्व–रोजगार र उद्यमशीलता विकास गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
तालिममा दशनामी समाजका महिलाहरूलाई मासुको अचार, मिठो अचार, अमिलो–पिरो अचार लगायतका विभिन्न परिकार उत्पादन गर्न प्रशिक्षण दिइएको छ ।
उनीहरूलाई आयोजकले जनाएको ‘बाजेको अचार’,“धराने अचार”,“दशनामी अचार” ब्रान्डमा स्थानीय उत्पादन बजारमा ल्याउन प्रोत्साहित गरेको छ ।
achar