इटहरी : इटहरी उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिमा युवा उद्यमीहरूको बाहुल्यता छ । युवा पुस्ताको नेतृत्वले सङ्घलाई प्रभावशाली बनाउने अपेक्षा सहित वर्तमान कार्यसमितिको नेतृत्व चयन भयो ।
अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा भए पनि जीवन पराजुलीले भारी मतान्तर कायम राख्दै विजयी भए । कार्यसमिति सदस्य पनि युवाहरूकै पकडमा पुग्यो ।
इटहरीका अध्यक्ष पराजुली केन्द्रीय सदस्य निर्वाचित भएपछि झनै नयाँ नेतृत्वको विषयमा बहस तातिएको छ । पुनः दोहोर्‍याउने सोच बनाइरहेका पराजुली केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नयाँ नेतृत्वका आकाङ्क्षी बढिरहेका छन् । असार २७ गते नयाँ कार्यसमिति चयनको लागी हुने निर्वाचनको लागि दौडधुप सुरु भएको छ ।  
युवा व्यापारी महेश पौडेल देखि अघिल्लो निर्वाचनकी प्रमुख प्रतिस्पर्धी गायत्री कटवाल सम्म उम्मेदवार बन्ने दौडमा छन्। अघिल्लो पटक पराजित भएको सहानुभूति, महिला व्यवसायीको समर्थन पाउने कटवालको अपेक्षा छ । आफूले उवासंघमा धेरै मेहनत गरेको र पहिला पनि सफलता पूर्वक जिम्मेवारी सम्हालेको कारण अध्यक्षमा उम्मेदवारी दिएको उनले बताएकी छिन् ।  
पौडेलले युवा र नयाँ व्यवसायीको समर्थन पाउने अपेक्षा लिएका छन् । उवासंघमा नयाँ, युवा र भिजन सहितको नेतृत्वको आवश्यकता परेकाले नेतृत्व तहमा दाबी गरेको बताएका हुन् ।अघिल्लो पटक पराजित भएको सहानुभूति, महिला व्यवसायीको समर्थन पाउने कटवालको अपेक्षा छ । आफूले उवासंघमा धेरै मेहनत गरेको र पहिला पनि सफलता पूर्वक जिम्मेवारी सम्हालेको कारण अध्यक्षमा उम्मेदवारी दिएको उनले बताएकी छिन् ।  
अर्कातर्फ लामो समयदेखि उवासंघ इटहरीको कार्यसमितिमा काम गरेका पीताम्बर पोखरेलले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । महासचिव जस्तो कार्यकारी पद सम्हालिसकेका उनी हालका वरिष्ठ उपाध्यक्ष हुन् ।लोकतान्त्रिक पक्षका व्यवसायीको मत आकर्षित गर्दै चुनाव जित्ने उनको रणनीति देखिएको छ । पूर्व अध्यक्षहरूको समेत समर्थन लिने प्रयासमा रहेका उनी चुनाव जित्नेगरि मात्र मैदानमा उत्रिने दाउमा छन् । पौडेलले भने युवा र नयाँ व्यवसायीको समर्थन पाउने अपेक्षा लिएका छन् ।
उवासंघमा नयाँ, युवा र भिजन सहितको नेतृत्वको आवश्यकता परेकाले नेतृत्व तहमा दाबी गरेको बताएका हुन् । 
अर्कातर्फ लामो समयदेखि उवासंघ इटहरीको कार्यसमितिमा काम गरेका पीताम्बर पोखरेलले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । महासचिव जस्तो कार्यकारी पद सम्हालिसकेका उनी हालका वरिष्ठ उपाध्यक्ष हुन् ।
लोकतान्त्रिक पक्षका व्यवसायीको मत आकर्षित गर्दै चुनाव जित्ने उनको रणनीति देखिएको छ । पूर्व अध्यक्षहरूको समेत समर्थन लिने प्रयासमा रहेका उनी चुनाव जित्नेगरि मात्र मैदानमा उत्रिने दाउमा छन् । 
लोकतान्त्रिक खेमाकै नवराज काफ्लेले समेत दाबेदारी प्रस्तुत गरेका छन् । लामो समय उवासंघ इटहरीमा काम गरेका उनले पनि पूर्व अध्यक्ष र नयाँ उद्योगीको साथ खोजेका छन् । पुराना व्यवसायी माझ परिचित रहँदै आएका काफ्लेले सबैको सल्लाहपछि उम्मेदवारी दिने बताए । इटहरीको चर्चित इटहरी मेडिकलका सञ्चालक बलबहादुर न्यौपानेले उम्मेदवारी दिने पक्का भइसकेको छ ।
वर्तमान कार्यसमितिका सदस्य उनले भेटघाट र संवादमा रहेकाले चुनावी अभियानमा केही दिनमा निस्किने बताए ।
वामपन्थी पक्षधर न्यौपानेले लोकप्रिय मत, वामपन्थी खेमाका व्यवसायीको साथ र विगतको कार्यकालमा नभएका कामबाट समर्थन पाउने अपेक्षा गरेका छन् । 
वामपन्थी खेमाकै दिलीप पराजुलीले ७ बुँदे सुधार योजना सार्वजनिक गरेका छन् । महिलाको सहभागिता बढाउने, नवीकरणमा डिजिटलाईजेसन गर्नुपर्ने, सङ्घको भवनलाई व्यावसायिक बनाउने लगायत उनको योजना छ ।
उवासंघको नेतृत्वमा युवा नै पुग्नुपर्ने र समय दिन सक्ने अध्यक्ष बन्नुपर्ने भएकाले आफू त्यसको लागि तयार भएको उनको भनाइ छ ।