वराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ ।
बुधवार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा (छावा) पानीको दलदलमा फसेर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आज बिहीबार बिहान मृत हात्तीको बच्चाको अगाडिको टाउको भाग पानीयुक्त दलदलमा गाडिएको अवस्थामा शव फेला परेको जनाइएको छ ।
घटनास्थलमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की, इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा डिभिजन वन कार्यालयको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।