इटहरी : महिलाहरूको क्षमता विकासका गतिविधिहरू अन्तर्गत तीन दिने नेतृत्व विकास सम्बन्धी तालिम शनिवार दुहबीमा सम्पन्न भएको छ ।
दुहबी नगरपालिका वडा ५ को वडा कार्यालयको सहयोग र उज्यालो नेपाल संस्थाको आयोजनामा नेतृत्व विकास तालिम भएको हो । 
दुहबी वडा ५ क्षेत्रका महिलाहरूको क्षमता विकास गरी समुदायमा हरेक क्षेत्रमा महिला अग्रसर गराउने,हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतिक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास तालिम गरिएको हो  ।
तालिम समापन समारोहमा वडा ५ का वडाध्यक्ष रमेशकुमार रौनियारले वर्षेनी महिलाहरूको क्षमता अभिवृद्धि गर्न फरक फरक कार्यक्रम गर्दै आएको बताए । 
तालिम समापनका क्रममा सहभागीका तर्फबाट वन्दना रौनियार,आकृति सोनार,अनामिका थापा,नियती थापा लगायतले बोलेका थिए ।
३५ जना सहभागी तालिममा पत्रकार अमर खड्काले सहजीकरण गरेका थिए ।
कार्यक्रम आयोजक संस्थाका कार्यक्रम संयोजक आशिष कुमार यादवको सभापतित्वमा भएको थियो ।