धरान : चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले उपाधि हात पारेको छ।
शनिवार धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेली च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको निर्णायक गोल नै निर्णायक बन्यो। खेल अवधिभर गोल अवसर प्राप्त गरेको आयोजक टोलीले गोलमा परिणत गर्न नसक्दा उपविजेता मै सीमित हुनुपर्यो।
उपाधिसँगै पूर्वेली भेट्रानले नगद १ लाख १ हजार ५ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता हाम्रो धरान भेट्रानले ५५ हजार ५ रुपैयाँमा चित्त बुझायो।
फाइनल खेलको म्यान अफ द म्याच पूर्वेलीका प्रेम तामाङ घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
व्यक्तिगत विधातर्फ पनि पूर्वेली भेट्रानकै दबदबा रह्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भुपेन लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै,उत्कृष्ट गोलकिपर रूपक गुरुङ,उत्कृष्ट डिफेन्डर सन्तोष बस्नेत, उत्कृष्ट मिडफिल्डर सन्तोष राई र उत्कृष्ट प्रशिक्षक राहुल खड्का घोषित भए।
उत्कृष्ट स्ट्राइकरको पुरस्कार आयोजक हाम्रो धरानका जीवन लिम्बुले प्राप्त गर्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पदम राईलाई प्रदान गरियो। सबै विधाका विजेताले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
vetran-bijeta