बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसरमा चक्रघट्टी बजार क्षेत्र सरसफाई गरिएको हो।
स्थानीयहरूलाई सरसफाइ सम्बन्धी सचेतना जगाउँदै चक्रघट्टीको नगरपालिका कार्यालय अगाडिबाट मुनाल चौकहुदै इलाका अगाडि,बसपार्क क्षेत्रमा क्षेत्रमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
वराहक्षेत्र लाई सुन्दर,सफा बनाउने नगरपालिको अभियानको रूपमा साप्ताहिक रूपमा सरसफाइ समेत गर्दै आएको र यसलाई थप सफल बनाउन विश्व वातावरण दिवसको अवसरमा शुक्रवार बिहान वृहत् सरसफाइ गरिएको उनले बताए ।
नगर प्रमुख रमेश कार्की संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार,वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरू,कर्मचारीहरू,इलाका प्रहरी कार्यालयको टोली,उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका पदाधिकारीहरू,नगर प्रहरी,विभिन्न सङ्घ /संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय रूपमा सहभागिता रहेको थियो ।









































































