इटहरी : ट्राफिक प्रहरीले चोरीका गाडी नियन्त्रणमा सफलता हात पार्दै आएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका थप ४ वटा गाडी सार्वजनिक गरेको हो । 
यसअघि विभिन्न समयमा गाडी र मोटरसाइकल नियन्त्रणमा लिएर सार्वजनिक गर्दै आएको प्रहरीले शुक्रवार थप सफलता सार्वजनिक गरेको छ । विभिन्न  इकाई हरूको संयुक्त चेकिङका क्रममा विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको बताइएको छ । 
२०८२ चैत १० गते सुनसरीको इटहरी चोकबाट प्र.१-०१-००१ च ९९१२ नम्बरको सेतो रङ्गको टाटा कम्पनीको पन्च निजी कार नियन्त्रणमा लिइएको थियो । त्यस्तै प्रदेश २-००२ च ४०९८ नम्बरको सेतो रङ्गको महेन्द्रा कम्पनीको बोलेरो पिक अप भोक्राहनरसिंह गाउँपालिका बाट र झापाबाट बा १३ च ७७६ नम्बरको हुण्डाई कार र SK01PA3029 नम्बरको भारतीय मारुति सुजकी कम्पनीको कार समातिएको हो । 
ब्लूबुकमा इन्जिन र चेसिस नम्बर फरक रहेको पाइएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालय सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।