धरान : धरान-१४ विजयपुरमा मोटरसाइकल र ट्याम्पो जुध्दा एक जनाको मृत्यु भएको छ ।
विजयपुर चौक देखि मास्तिर बुढासुब्बा जाने र नारायणपुर जाने मोडमा रहेको समिको रुख नजिकै को १ ह ६०१९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालक धरान-१४ बस्ने ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान १०:१५ बजे भएको सो घटनामा गम्भीर घाइते मोटरसाइकल चालक मगरलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।
ट्याम्पो चालक धरान १४ बस्ने ३१ वर्षीय अविनाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































