इटहरी : नयाँ शैक्षीकसत्र सुरु भएसँगै अभिभावकलाई एउटै विषयको तनाव हुन्छ छोराछोरीलाई कस्तो विद्यालयमा भर्ना गर्ने । पहिलाको भन्दा राम्रो विद्यालय नपर्ने हो कि ! शिक्षकको व्यवहार र विद्यालयको सुविधा कस्तो हुने हो भन्ने विषयले अभिभावकलाई पिरोल्ने गर्छ ।

सोही तनावले आफूलाई पनि पिरोलेको बत्ताउँछिन् सुष्मा तामाङ । सोमबार इटहरीको नर्थ प्वाइन्ट सेकेण्डरी स्कुल भ्रमणमा आएकी तामाङले छोरीलाई सोही विद्यालय भर्ना गर्ने निर्णय गरिन् । छोरी लोरिसाको लागि भर्ना फारम भर्दै उनले नर्थ प्वाइन्टको वातावरण बालबालिकामैत्री भएको सुनाइन् । नयाँ भवन भएकाले व्यवस्थित र बालबालिकाको लागि सुरक्षित भएको उनको भनाइ थियो ।

सुष्मा सँगै भर्ना फारम भरिरहेकी लक्ष्मी थापाले कक्षा २ मा छोरी प्रीन्सालाई पढाउन लागेको बताइन् । बजारको कोलाहल भन्दा भित्र विद्यालय रहेको र बालबालिकाले ध्यान दिएर पढ्न सक्ने भएकाले छोरीलाई नर्थ प्वाइन्ट पढाउने निर्णय गरेको उनले सुनाइन् । 

प्रिन्सिपल राजन दाहालले नर्थ प्वाइन्टले नयाँ प्रविधिमा ध्यान दिएर कक्षाकोठा व्यवस्थापन गरेको बताए । ‘बुक फ्री फ्राइडे’ कार्यक्रम ल्याएर विद्यार्थीलाई शुक्रवार किताब नबोकी विद्यालय गएर अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने व्यवस्था मिलाएको उनको भनाइ छ । 

rajan-dahal

शुक्रवार मुख्यतः म्युजिक, डान्स, भलिबल, फुटबल, वक्तृत्वकला, हाजिर जवाफका कार्यक्रम सञ्चालन हुने दाहालले सुनाए । 

सीपसँगै बालबालिकालाई संस्कार सिकाउने उद्देश्य नर्थ प्वाइन्टले राखेको दाहालको दाबी छ ।

१३ कट्ठा जग्गा भाडामा लिएर बालबालिकालाई खेल मैदानका तयार पारिएको उनी बताउँछन् । ४ देखि १० कक्षा सम्मका छात्र विद्यार्थीको लागि सफा र सुरक्षित होस्टेलको समेत व्यवस्थापन गरिएको सुनाउँछन् उनी  ।

पछिल्लो समयका गतिविधि बारे उनी भन्छन् , ‘धेरै विद्यार्थी र अभिभावकलाई हामीले विद्यालयमै बोलाएर काउन्सिल गरेका छौँ । राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ । हाम्रो विद्यालयको भौतिक पूर्वाधारलाई बालबालिका मैत्री बनाएका छौँ । साँच्चै नै शान्त वातावरणमा पठनपाठन हुन्छ । एसी सहितका कक्षाहरू सञ्चालनमा छन् । यसले विद्यार्थीलाई हौसला मिल्छ भन्ने विश्वास छ । कक्षा कोठामा प्रोजेक्टर जोडेर प्रविधिमैत्री कक्षाहरू सञ्चालनमा जोड दिन खोजेका छौँ ।’

नर्थ प्वाइन्ट नै किन आउने भन्ने प्रश्नमा दाहालले स्पष्ट पार्दै भने, ‘कमसेकम विद्यार्थी पास भएपछि बजारमा आफ्नो क्षमता देखाएर उत्कृष्ट हुन सकोस् भन्ने हो । मुख्यतः लिडरसिप स्किल, पर्सनालीटी डेभलपमेन्ट, पब्लिक रिलेसन स्किल र डाटा बेस प्रोग्राममा हामीले फोकस गरेका छौँ । बाहिरका प्राविधिक संस्थासँग समन्वय गरेर सिपयुक्त विद्यार्थी उत्पादन गर्न खोजेका छौँ ।’

शिक्षकको स्तरलाई प्राथमिकतामा राखेको बताउँदै उनले पढाउन सक्ने मात्र हैन विद्यार्थीको भावना बुझ्ने र सोही अनुसार बुझाउन सक्ने शिक्षक हामीले व्यवस्थापन गरेको बताए ।

student-class