धरान : नेवाः पुच मृगौलिया मोरङको प्रारम्भिक आमभेलाले कर्णबहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय समिति चयन गरेको छ ।
मंगलबार सम्पन्न आमभेलाले उपाध्यक्षमा पार्वता प्रधान, सचिवमा निरबहादुर प्रधान, कोषाध्यक्षमा गीता प्रधान तथा सहसचिवमा देवबहादुर प्रधानलाई चयन गरेको हो ।
समितिका सदस्यहरूमा गणेश प्रधान, खण्डमान श्रेष्ठ, कमला प्रधान, सरिना प्रधान, रामबहादुर प्रधान र गोमा प्रधान चयन भएका छन् ।त्यसैगरी, सल्लाहकारहरूमा प्रमुख सल्लाहकार भोला श्रेष्ठसहित रणबहादुर प्रधान, जितबहादुर प्रधान, नोमा प्रधान, सुस्मिता प्रधान र सम्मेर श्रेष्ठ चयन भएका छन् ।
संस्थाको विधान मस्यौदा समितिको संयोजकमा अध्यक्ष कर्णबहादुर प्रधान तथा सदस्यमा निरबहादुर प्रधान र गीता प्रधान चयन भएका छन् । मस्यौदा समितिले १५ दिनभित्र विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि जाने अध्यक्ष प्रधानले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष प्रधानले नेवार समुदायको भाषा,संस्कृति तथा मौलिक पहिचान संरक्षण र अधिकारका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेवाः देय दबू मोरङका अध्यक्ष थर्कमान श्रेष्ठ, सुन्दरहरैचा नगर समिति अध्यक्ष पदम श्रेष्ठ, इन्द्रपुर नेवाः पुचःका उपाध्यक्ष अर्जुन श्रेष्ठ, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ तथा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका–२ का वडाध्यक्ष विवश प्रधानलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वडामा स्थायी बसोबास गरिरहेका करिब १ सय घरपरिवारलाई समेटेर संस्था स्थापना गरिएको सचिव निरबहादुर प्रधानले जानकारी दिए ।
































































