धरान : शिक्षाको निम्ति धरान १० के रन प्रतियोगिताबाट सङ्कलित रकम १२ लाखबाट स्थापित भएको अक्षय कोषमा यस वर्ष १ लाख रुपैयाँ थप गरी १३ लाख पुर्‍याइएको छ । धरान रन नेवा एजुकेसन फन्डले धरानका ९ सामुदायिक विद्यालयमा पढ्ने १३ जना विद्यार्थीलाई शनिवार शैक्षिक वितरण गरेको छ ।

नेवा एजुकेसन फन्डले शनिवार एक कार्यक्रम गर्दै १३ जना विद्यार्थीलाई आवश्यक स्कुल ड्रेस, ट्र्याक सुट, कापी, कलम, क्यालकुलेटर, झोला, शब्दकोश, जुत्ता सहितका शैक्षिक सामग्री प्रदान गरेको हो ।

छात्रवृत्ति पाउने बालबालिकाहरूमा सोलिट राई, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, असीम राई, नमुना कठैत, तोहिद अन्सारी, सोया लामा, निहाङग राई, दिपा कुमारी चौधरी सिमोन तामाङ, बिनिता भुजेल रहेका छन् ।

अध्यक्ष रोमु राईले फन्डले १ देखि १० कक्षा सम्मका विद्यार्थीहरूलाई त्रैमासिक छात्रवृत्ति अनुरूप यस वर्ष ५२ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

फन्डको उत्कृष्ट विद्यार्थीमा निकेतन मावि प्राविधिक धारमा अध्ययनरत छात्रा नमुना कठेत छनौट भएकी छिन् । उनलाई आइरन लगायतका सामग्री प्रदान गरिएको छ ।

नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्ष विकास राईको प्रमुख अतिथि रहेका थिए । फागुनमा सम्पन्न धरान रन सकुहका आयोजना भएको बाह्रौँ नेवा च्यारेटीबाट ३ लाख ६७ हजार २ सय २३ रुपैयाँ आम्दानी भएको अध्यक्ष राईले बताए ।

धरान रन समूहले आयोजना गर्ने धरान रनमा हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा निरोगी एवं स्वास्थ्य जीवनका लागि दौडलाई प्रोत्साहित गर्दै आएको छ ।

Newa Charity Education Fund 2