धरान : वीरेन्द्र मेमोरियल कलेजका विद्यार्थीहरूले एक कार्यक्रम बिच शनिवार कलेजमा नयाँलाई स्वागत र पुरानालाई बिदाइ गरेका छन् । प्रथम वर्षमा आउनेलाई स्वागत र चौथो वर्षकालाई बिदाइ गरिएको हो ।

कलेजकी विद्यार्थी यशोदा लिम्बूले सामुदायिक स्कुल पढेर आएको हुँदा सुरुमा आफूलाई निकै गारो भए पनि विविएसमा भने कडा मेहनतका कारण प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताइन् ।

प्रमुख अतिथि पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्वाहाङले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए । कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले विद्यार्थीहरूले कडा मेहनत गरेर पढेको खण्डमा सहज सफलता हासिल गर्ने बताए ।

उक्त अवसरमा स्थलगत अध्ययन गरी बनाइएको भिडियो प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई नगद पुरस्कार प्रदान गरियो ।

धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी, सञ्चालक चन्द्र फोम्वो, वीरेन्द्र मेमोरीयल कलेज विज्ञान  इन्चार्ज सुनिल भगत उपस्थित थिए। 

Birendra-memorial-2