धरान : वीरेन्द्र मेमोरीयल कलेज धरानले  बिबिएस बिबिएस दोस्रो वर्षको परीक्षामा छात्रा यशोदा लिम्बू कोशी प्रदेश कै उत्कृष्ट  भएको दाबी गरेको छ ।

धरान-१ स्थित वीरेन्द्र मेमोरियल कलेजले त्रिभुवन विश्व विद्यालयको बोर्ड परीक्षामा वाणिज्य संकाय दोस्रो वर्षको परीक्षामा प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रिन्सिपल तारा बहादुर निरौलाले बताए ।

प्रदेश उत्कृष्ट छात्रा लिम्बुले ५०० पुर्णाङको परीक्षामा ३७७ अङ्क ल्याएर कोशी प्रदेश भरिकै उत्कृष्ट भएको दाबी  विहिबार पत्रकार भेटघाट गर्दै कलेजका प्रिन्सिपल निरौलाले जानकारी दिएका हुन ।

प्रदेश उत्कृष्ट छात्रा लिम्बुले ७५.४ प्रतिशत ल्याएकी छन् । प्रिन्सिपल निरौलाले भने "यशोदा भन्दा माथि कसैले अङ्क नल्याएकोले उनी नै प्रदेश प्रथम बनेकी छन् ।"

उनका अनुसार केही कलेजले ७० प्रतिशत ल्याउँदा प्रदेशको उत्कृष्ट रहेको भनी भ्रम छरेकोले वास्तविकता सार्वजनिक गर्न जरुरी भएको हो ।

लिम्बुले १०० पूर्णाङ्कमा ९१ अङ्कसम्म ल्याएकी छिन ।

केही समय अघि बिराटनगरको सोम्स कलेजले कलेजकी  छात्रा शारदा श्रेष्ठले ३५४ अङ्क अर्थात्  ७०.८ प्रतिशत ल्याएर कोशी प्रदेश प्रथम भएको दाबी गरेको थियो ।