धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)को प्रदेश न. १ समिति शुक्रबार गठन भएको छ ।

धरानमा आयोजित भेलाले किसोर राईको अध्यक्षतामा सर्वसम्मत २० सदस्यीय प्रदेश १ समिति गठन गरेको हो । उनी एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष पनि हुन् । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पासमेतको उपस्थितिमा भएको भेलाले सर्वसम्मत प्रदेश समिति गठन गरेको हो । समितिको ४ उपाध्यक्षमा प्रविण सुवाल, गणेश राई, दिपक श्रेष्ठ र सुरेश साह चयन भएका छन् भने महासचिवमा भगीरथ आले, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ र सचिवमा नविन राई चयन भएका छन् ।

anfa1

यसैगरि, सदस्यहरुमा गोविन्द राई, रजन कार्की, मनिष दाहाल, देवेन्द्र बास्तोला, शेखर राई, बिनेश बस्नेत, अनुरोध थापा, समिर राई, सुदिप उप्रेती, दुर्गा श्रेष्ठ, कौशिला सुब्बा र आशा राई पनि चयन भएका छन् । समिति एन्फा केन्द्रीय अध्यक्ष शेर्पासँगै केन्द्रीय सहमहासचिव वसन्त अर्यालय, प्रवक्ता किरण राई, केन्द्रीय सदस्य दिपक राईको उपस्थितिमा गठन भएको हो । प्रदेश १ मा ११ जिल्लामा फुटबल संघ रहेको छ । ती सबै जिल्लाको प्रतिनिधित्व रहने र बाँकी ३ जिल्लाको पनि प्रतिनिधित्व गराइने सचिव नविन राईले जानकारी दिए ।