चतरा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको टोली स्थानियबासीको समस्या सुन्न र समाधानको खोजी गर्न श्रीलंका टापू पुगेको छ ।
शुक्रबार सुनसरी क्षेत्र नं ४ का उपसभापति तथा प्रदेश सभा (क) का सभापति उपेन्द्रबहादुर कट्वालको नेतित्वमा जिल्ला, क्षेत्र र नगर स्तरिय कांगेसका नेताहरु टापु पुगेका हुन् । नेपालको मरुभुमिको रुममा व्याख्या गर्ने गरिएको श्रीलंका टापुमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नं ६ र ९ को केही बस्तिहरु रहेको छ । सो बस्तिमा करिब ५ सय घरपरिवारको १३ हजार भन्दा बढि जनसंख्या रहेको छ ।
बि.सं.२०३८,३९ साल तिर सप्तकोशीले धार परिवर्तन गरेपछि बस्ति बनेको सो क्षेत्रमा भारत सरकारले कोशिको पुर्व पट्टी पाइलट च्यानको नाममा आफुखुसि नियन्त्रण गर्दा पश्चिम दिसामा केही महिनादेखि कट्टान सुरु गरि बस्ति जोखिम, विधुत, खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता कुराको अभाव भएको, र उदयपुरको वेलकाले आफुखुसि स्थानियबासिको भावना बिपरित सिमान्कन गरेको भन्दै स्थानियबासीले सरकार नभएको जस्तो गुनासो गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जोडतोडको साथ स्थानीयको अभावलाई पूरा गर्न बस्तिको संरक्षण गरि आधारभुत आवश्यक्ता गर्न वर्तमान सरकारले चासो नदेखाएको भन्दै सरकारले गफमात्र गर्छ काम गर्देन भन्ने भनाई टापुबासीको पिडा र समस्याबाट प्रष्ट हुने नेता उपेन्द्रबहादुर कट्वाल बताउँछन् । ‘स्थानिय, प्रदेश र केन्द्रीय सरकार गफाडी मात्र नभइ नालायक रहेको समेत आरोप लगाउँदै नेकपा सरकारमा छ ।’ उनले भने, ‘उसले चाँहे टापुलाई हराबरा बनाउन सक्छ तर चाहदैन बरु प्रमुख प्रतिपक्ष दलका कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्र कार्किले बिजुली बत्तिको योजना आफ्नो पहलमा ल्याएर विधुतको प्रबन्ध मिलाउन लाग्नु भएको छ ।’
एक वर्ष अगाडि २ सय मिटर टाढा भएको कोशिले कटान गरेर यस वर्ष २० घरलाई विस्थापित बनाईसक्दा पनि सरकारलाई कुनै वास्ता छैन भन्दै गत स्थानिय निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार बाबुराम बिष्टले भने, ‘टापुबासीलाई सरकारले नेपाली नागरिक हैनन् गरे जस्तो गरेको छ ।’ उनीहरु आफ्नै देशमा शरनार्थी जस्तै भएर जिवनयापन गरिरहेको भन्दै उनले दुख व्यक्त गरे ।
उनिहरुले हाल देशमा नयाँसंरचना सहितको संविधान अनुरुप तीन तहको कम्युनिष्टको सरकार भए पनि साथ सहयोग नपाएको गुनासो टापुबासीले गरेको सुन्दा दुख लागेको उनले बताए । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका सचिव मनोज तामाङ्गले वर्षेनी ६, ७ मिटर कोशिले पुर्वबाट कटान गरिरहेको र वर्र्षेनी सयौ घर विस्थापित भएको, हजार हेक्टर जमिन कटान गरिरहेको तर सरकार बेखवर भएर बसेको सुन्दा दुख लागेको बताए । उनले सरकारलाई बस्तिको संरक्षण र स्थानियबासीको जीवन रक्षा गर्न माग समेत गरे । उनले उदयपुरले योजनाबद्ध रुपमा सुनसरीको बस्तिलाई आफ्नो भन्दा बराहक्षेत्रका जनप्रतिनिधि चुप लागेर बस्नुले आफुलाई आश्चर्य लागेको बताए । कांग्रेसको टोलिमा कट्वाल, बिष्ट, तामाङ सहित वराहक्षेत्र तरुण दल सभापति पवन चामङ्लिङ्ग, सह सचिब तेजबहादुर गरुङ्ग लगाएतका दुई दर्जन भन्दाबढि नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सप्तकोशीको आतङ्कमा बसेको तर सरकारले वास्ता नगरेको उनीहरुको तर्क थियो । सालै पिछे कोशीले ३०,४० घर बगाउने गरे पनि सरकार तथा सरोकारवाला निकायमा सुनुवाइ नै नगर्ने भन्दै स्थानिय टापुबासी सरकार खोजि रहेका छन् । बराहक्षेत्रको २ वटा वडासहित उदयपुर, सप्तरी जस्ता जिल्लाका हजारौ बस्तिलाई जोखिममा पारेर सरकार जनता मारेर हात्ती खेल्ने हात्ती सार बनाउने सरकारको योजनाको समेत विरोध गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई स्थानिय टापुवासीले माग समेत गरे । उनीहरुले सुनसरीको बराहक्षेत्रले सिमांकन गर्न नसक्दा उदयपुरको वेलकाले सिमा अतिक्रमण गर्दा समेत समेत बराहक्षेत्र चुप लागेको बिषयलाई उठान गर्न कांग्रेसलाई माग समेत गरे ।


































































