धरान: धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहले धरानका नवनिर्वाचित मेयर तिलक राईलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ।
वन समुहका उपाध्यक्ष धन बहादुर श्रेष्ठको अध्यक्षता स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नगर प्रमुख राई थिए भने विष्णुपादका सबडिभिजनका प्रमुख ज्ञानकुमार लामा, वन समुहका सल्लाहकार तथा इञ्जिनियर दुर्गाधन राई, नेपाल रेडक्रस सोसाइटी बाझगारका अध्यक्ष उमेश पौडेल, कलाकार अम्बिका दवाडी(ढकाल) , वन समुहका वातावरण संयोजक गोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख राईले पर्यटन बर्ष २०२० को लागि वन समुहको पनि सहयोग हुनुपर्ने धारणा राख्दै धरानक वन समुहहरुको समस्या बुझेर कानुन बनाउने बताए । पर्यटन विकासको लागि वन महासंघसँग समन्वय गरेर नै काम गर्ने पनि उनले बताए ।


































































