धरान: नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नम्बर प्रदे कमिटी सदस्य अइन्द्र बिक्रम बेघाले देशमा आमुल परिवर्तन ल्याउने पार्टी नेकपा जनतामाझ लोकप्रिय भएको देखेर प्रतिपक्षलाई डाहा लागेको बताएका छन् ।
मंसिर १४ गते हुनलागेको उप–निर्वाचनको चुनाबी प्रचार–प्रसारको क्रममा शुक्रबार धरान–१६ स्थित सुर्य पथमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गदै उनले जनताले युग वदल्ने शक्तिलाई नै जिताउने विश्वास पनि व्यक्त गरे । ‘परिवर्तनको झण्डा बोकेर नेपालको सामाजिक, आर्थिक, राजनीतिकरुपमा आमुल परिवर्तन ल्याउने नेकपा जनताको पार्टी बनेको देख्दा प्रतिपक्षलाई डाहा लागेर गलत प्रचारबाजी भइरहेको छ,’नेता बेघाले भने,‘जनताले परिवर्तनको पक्षमा मतदान गरेर नेकपालाई फेरि पनि जिताउने छन् ।’
उनले नेकपा युग बदल्ने पार्टीको कारण नै जेष्ठ नागरिक, अपाङग, सिमान्तकृत, दलित, महिलालगायत सबैलाई अधिकार र सम्मान मिलेको पनि दाबी गरे । साथै उनले सुकुम्बासी समस्याको अन्त्य गर्ने अभियानमा नेकपा रहेको पनि जिकिर गरे । परिवर्तनको विपक्षमा रहेको पार्टीलाई जनताले आगामी चुनाबमा पछार्ने भन्दै उनले भने ‘धरानको विकास र समृद्धिको लागि नेकपाको जित आवश्यक छ ।’


































































