धरान : धरानमा आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई जिताउन नेपाल प्रेस युनियन सुनसरीले १ सय १ सदस्यीय मिडिया परिचालन तथा प्रचारप्रसार समन्वय समिति गठन गरेको छ ।
आज (शनिबार) नेपाल प्रेस युनियन केन्द्रीय सदस्य दिलिप पौडेलको उपस्थितिमा तथा हर्ष शुब्बाको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन गरिएको हो । उपनिर्वाचन अवधिभर नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनावी अभियान तथा गतिविधिहरुलाई विभिन्न सञ्चार माध्यमहरुमार्फत प्रचारप्रसार गर्न समिति गठन गरिएको नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए ।

संयोजक हर्ष सुब्बा, सदस्यहरुमा सन्तोष यादव, चेतन धमला, सचिन पोखरेल, धन बहादर पुरी, सञ्जिव वाग्ले, मात्रिका प्रसाद नेपाल, शुक्रान्त राई, पारस राई, हेमराज दाहाल, बासुदेव बराल, दिलिप रिनोहाङ राई, विष्णु बराल, लक्ष्मण थापा, धुर्व ढकाल, सुमन गुरागाई, रञ्जना पौडेल, इकवल अहमद, रोहित कुलुङ राई, बाबुराम सुबेदी, जिवन फुयाँल, विवेक विवश रेग्मी, निशान चौधरी, अजित झा, पवन अधिकारी, अर्जुन सुवेदी, सुरेश दाहाल, कृष्णकला राई, उषा किरण घिमिरे, हिमाल राई, विनय प्रधान, सांगेन राई, संगिता बाहिङ राई, शान्ता निरौला, कुशल कुरुङ्बाङ, नविन पाण्डे, कृष्ण अधिकारी, कृष्ण भट्टराई, मिकाइल आलम, दिपक कार्की, विरेन्द्र शाह, सुनिल चौधरी, नरेन कुलुङ, सुप्रिया राई, सुस्मिता राई, गणेश निरौला, आशिस यादव, संगम विष्ट, दिपक पुरी, बसन्त राई, चन्दन गुप्ता निश्चल शर्मा, कला चापागाई, विवेक भट्टराई तथा सन्दिप राई लगायत १ सय १ सदस्यीयहरुलाई उपनिर्वाचनको अवधिभर विभिन्न जिम्मेवारी दिइएको छ ।


































































