इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधनमा गढी गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । वराहक्षेत्र नगरपालिकाका पूर्व मेयर समेत रहेका खनालको निधनमा शोक मनाउन बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष आस नारायण चौधरीले सूचना जारी गर्दै सम्पूर्ण कार्यालय तथा विद्यालयहरू बन्द गर्न आग्रह गरेका छन् । 'अति मिलनसार तथा सरल स्वभावका धनी निलम खनाल ज्यूको असामयिक निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल, परिवार एवं आबद्ध दलमा पर्न गएको गहिरो चोट प्रति संवेदना प्रकट गर्दछौँ', सूचनामा भनिएको छ ।




























































