विराटनगर : महानगरपालिकाले बिहीबार विराटनगर वडा ४ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा बढी बालरोग सम्बन्धी स्वास्थ्य जाँच गराउनेहरू आएका छन् ।

नोबेल अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा कुला ३ सय ४३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यस मध्ये सबै भन्दा बढी १७७ जनाले बालरोग सम्बन्धी परीक्षण गराएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिएका हुन् ।

उनका अनुसार शिविरमा फिजिसियनतर्फ ७९ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भिआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स-रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएका छन् ।

महानगरपालिकाले सर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पुराउने उद्देश्यले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास संयोजक काजीबहादुर बस्नेत र वडा अध्यक्ष जितन थापाले अनुगमन गरेका थिए ।

श्री आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विद्यार्थीहरूले समेत स्वास्थ्य जाँच गराएको स्वास्थ्य महाशाखाकाका दिलीप यादवले बताए ।

Biratnagar swasthya sibir 081-02-04 2nd