धरान : झापाको शिवसताक्षी-७ स्थित कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर वडा १० का ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको मृत्यु भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार आइतबार बिहान साढे १० बजे आयोजनाको नहरको साइफन जालीमा अडकिएको अवस्थामा बालकको शव फेला परेको हो ।

मृतक बालकको शवलाई पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाइएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको बताइएको छ ।