धरान : रोजगारमूलक शैक्षिक विषयलाई प्राथमिकता दिएर धरान-१५ स्थित च्याम्पियन सेकेण्डरी स्कुलले विद्यार्थीका लागि नयाँ भर्ना खुला गरेको छ ।

नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षा बाहेक विद्यार्थीलाई प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई औपचारिक शिक्षा बाहेक अतिरिक्त सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले विशेष कक्षाहरू सञ्चालन गर्न लागिएको विद्यालयले जानकारी दिएको छ ।

स्कुलद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेत्र सुबेदीले भने ‘विद्यार्थीलाई रोजगार र जिम्मेवार नागरिक बनाउन विद्यार्थीकै रुचि अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकालागी विशेष कक्षा सञ्चालन गरी व्यावहारिक ज्ञान प्रदान गरिने छ ।’

होटेल व्यवस्थापन र सत्कार व्यवस्थापन फेसन डिजाइनिङ, पोषण विज्ञान, कृषि तथा पशुपालन लगायत विषयमा आउँदो शैक्षिक सत्रबाट विशेष कक्षा सुरु गरिने उनले जानकारी दिएका हुन ।

कृषि र पशुपालन सम्बन्धी तालिमका लागि विद्यालयले विराटनगर स्थित कृषि फर्मलाई प्रयोगशालाको रूपमा उपयोग गर्ने उनले बताए । ईन्जीनियरिङ लगायतका व्यवहारिक शिक्षा च्याम्पियन स्कुलमै प्रदान गरिने छ ।

विद्यालय पाठ्यक्रमले समेट्न नसकेका केही विषयहरूमा कक्षा सुरु गर्न लागिएको बताउँदै उनले भने ‘यसबाट विद्यार्थीलाई आयमूलक रोजगारीको व्यावहारिक ज्ञान सिकाइमा ठुलो सहयोग पुग्नेछ ।’

नेपालको औपचारिक शिक्षालाई अझ गुणस्तरीय, व्यवहारिक, सान्दर्भिक, वैज्ञानिक तथा प्राविधिक तथा बनाउँदै शिक्षालयको पहिचान स्थापित गर्न नयाँ शिक्षा कार्यक्रम प्रारम्भ गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।

champion-netra-sir