धरान : समानता एकेडेमीले आफ्ना अभिभावक तथा विद्यार्थीलाई लक्षित गरी निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।

चैत्र २२ गते बिहीबार समानता एकेडेमीको परिसर धरान-१५ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको विद्यालयका प्रिन्सिपल अमित थापाले जानकारी दिए ।

निःशुल्क आँखा जाँच शिविर नव दृष्टि आई हस्पिटल इटहरी-४ को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शिविरमा दक्ष चिकित्सकको टोलीद्वारा आँखा जाँच गरिएको थियो ।

शिविरमा जम्मा २५० जना भन्दा धेरैले आँखाको जाँच गराएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिनुका साथै मोतिविन्दुको समस्या भएका बिरामीलाई निःशुल्क अप्रेसन सुविधा प्रदान गरिएको थियो ।

शिविरमा अनुमान गरेको भन्दा धेरै आँखाको समस्या भएका अभिभावकहरूको उपस्थित रहेको थापाले जानकारी दिए ।

विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दा सानो योजनामा समाजलाई नै निक्कै ठुलो सहयोग पुग्ने अनुमान गर्दै आगामी दिनहरूमा यस्तै स्वास्थ्य सम्बन्धी शिविरहरू निरन्तर रूपमा यस समानता एकेडेमीमा सञ्चालन गर्ने समेत थापाले जानकारी दिए ।

samanata-school-eye-care