धरान : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार (आज)बाट सुरू  भएको छ ।

आजबाट सुरू भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेबाट सुरू हुनेछ। पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।

एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन् । १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ ।

बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्।

देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।