धरान : धनकुटाको डाँडाबजार स्थित भानुस्मृति माध्यमिक विद्यालयलाई चौबिसे समाज हङकङद्वारा २१ लाख मूल्य बराबरको ३ रोपनी १० आना १ दाम जग्गा खरिद गरी हस्तान्तरण गरेको छ ।

कक्षा १० सम्म सञ्चालन भइरहेको विद्यालयमा ११-१२ सहित कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि चौबिसे समाजले जग्गा प्रदान गरेको हो ।

समाजले हङकङमा सङ्कलन गरेको रकम मध्ये २१ लाख रुपैयाँमा जग्गा खरिद गरी बाँकी बचेको ७ लाख रुपैयाँ विद्यालयकै नाममा अक्षयकोष स्थापना गरिदिएको छ ।

सागुरिगढी गाउँपालिका वडा ५ स्थित भानुस्मृति माविमा उच्च शिक्षा सञ्चालन गर्न २०५२ साल देखी प्रयास भइरहेको थियो । भौतिक पूर्वाधारको रूपमा थप जग्गा जुटाउन निरप्रसाद लिम्बुको संयोजकत्वमा चौबिसे समाज हङकङद्वारा सहयोग रकम सङ्कलन गरेको हो ।

समाजले कुल २१ लाख ३७ हजार ४ सय ७० रुपैयाँ सहयोग रकम सङ्कलन गरेको थियो । रकम सङ्कलन गर्दै बैङ्कमा जम्मा गरिँदै गएकोमा बैङ्कबाट व्याज बापत प्राप्त ७ लाख रुपैयाँ छुट्टै अक्षयकोष स्वरूप विद्यालयलाई प्रदान गरिएको संयोजक लिम्बुले बताए ।

समाजले आइतबार विद्यालय परिसरका पत्रकार सम्मेलन आयोजना गरी सागुरिगढि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, प्रधानाध्यापक यज्ञबहादुर लिम्बू, व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमलाई जग्गाको कागजात, अक्षयकोष संयुक्त रूपमा हस्तान्तरण गरेको छ ।

संयोजक लिम्बुका अनुसार डाँडा बजारका स्थानीय विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न सधैँ धरान, धनकुटा झर्नुपर्ने बाध्यता छ । उनीहरूलाई घरकै गाँस बास खाएर पढ्न पाउने व्यवस्थाको लागि सहयोग चलाइएको अभियान सफल भएको छ ।

उनका अनुसार ७ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट आएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिने छ ।

चौबिसे समाज हङकङद्वारा जग्गा दान र परोपकारी कोषमामा ४० जना दाताहरूले आर्थिक सहयोग गरेका थिए । दाताहरूमा पदम बहादुर याखा, सीपीएल निर प्रसाद चोबेगु, खगेन्द्र लिम्बु,चन्द्र कुमार चोबेगु,सन्तोष कुमार चोबेगु, सुरेन दिवान,डिल्ली याखा, मोहन प्रसाद चोबेगु ,आशा सुहाङ लिम्बु छन् ।

साथै इन्द्र दिवान, पदम सन्योक, लक्ष्मी सन्योक, मोहन सन्योक,उन्बक सन्योक,खसेन्द्र चोबेगु , रमेश थापा मगर , फुलकुमारी याखा राई, निलु याखा राई, जासुदा खजुम लिम्बु, देवी खजुम लिम्बु, उमा खजुम लिम्बु, बालकृष्ण दिवान ,निरबहादुर तुम्बापु लिम्बु , खड्ग राज दिवान, गोविन्द संगसन राई, सन्योक लिम्बु दाता रहेका छन् ।

यस्तै भक्त चोङहाङ लिम्बु, इवाहाङ लिम्बु, ललित चेम्जोङ, देशबहादुर इवाहाङ, रमेश कुमार राई, इन्द्रबहादुर गुरुङ, दुर्गा मनिका राई, कुमारी लिम्बु, मदन राई, चन्द्र गुरुङ, केशरबहादुर थापा, ज्ञानबहादुर गुरुङ, विकास वनेम लिम्बुले दाताका रूपमा रहेका छन् ।

bhanusmriti jagga daan

bhanusmriti sahayog