धरान : वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रशान्त शाहको मुटु रोग सम्बन्धी पाक्षिक सामाजिक स्वास्थ्य क्लिनिकमा यसपालि हिजो शनिवार रोगीहरूका मुटुमा लगाइएको पेसमेकरको अवस्था निःशुल्क जाँच गरिएको छ ।

धरान मोडल कलेजमा भएको क्लिनिकमा बिरामीहरूको मुटुमा लगाइएको पेसमेकरको अवस्थाको जाँच समेत निःशुल्क रूपमा गरिएको हो । मुटुमा लगाइएको पेस मेकरको ब्याट्रीको अवस्था, धड्कनको अवस्था र त्यसको अवधिको बारेमा जानकारी दिइएको डा. शाहले बताए ।

नियमित क्लिनिक परिवर्तनका लागि सामाजिक अभियानद्वारा पाक्षिक रूपमा सामाजिक स्वास्थ्य क्लिनिक शनिवार गर्दै आइरहेको छ । यसपालि क्लिनिकको ४५ औँ संस्करण थियो ।

२ वर्ष अघिदेखि सञ्चालित शिविरमा विशेषगरि मुटु, मधुमेह र उच्च रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ७० वर्षभन्दा माथिका आमाबुवाहरूका लागि आयोजना गरिएको उनले बताए । उनका अनुसार झापा गाउँपालिका, वराहक्षेत्र, इनरुवा र धरानका विभिन्न वडाहरूमा समेत यो कार्यक्रम आयोजना भइसकेको छ ।

त्रिभुवन बराललको संयोजकत्वमा आयोजित यस कार्यक्रममा निःशुल्क सुगर परीक्षण र औषधी वितरण समेत निःशुल्क रूपमा गरिएको थियो । मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य लगायतका अभियन्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्टाफ नर्स श्वेता भण्डारीले मधुमेह र ब्लड प्रेसर जाँच गरेकी थिइन् ।

pacemaker ko awastha 2

pacemaker ko awastha 3

pacemaker ko awastha 4