इटहरी : इटहरी उपमहानगरपालिकाले अव्यवस्थित तार  व्यवस्थित गर्न केबुल तथा इन्टरनेट कम्पनीहरूलाई निर्देशन दिएको छ ।

पोल नै पिच्छे धेरै तार भएर आगलागी बढेको भन्दै सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार व्यवस्थापन गर्ने निर्देशन दिएको इटहरी उपमहानगरको प्रवक्ता तथा कार्यवाहक मेयर दिवस पोखरेलले बताए ।

पोलमा तार झुण्ड्याएर केही कम्पनी हाम्रो सम्पर्कमा समेत आएका छैनन् ।हामीले पटक पटक आग्रह गरे पनि कुनै पनि उनीहरू सम्पर्कमा आएर तार व्यवस्थापन गरेनन् भने हामी तार काटिदिन्छौ पोखरेलले भने ।

अव्यवस्थित तारले बजार कुरूप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि परेको पोखरेलको भनाइ छ। इटहरीका केही कम्पनीले भने आफ्नो तारमा फरक फरक किसिमको स्टिकर टास्न भनेको कार्यवाहक मेयर पोखरेलले बताए ।