इटहरी  : नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ उम्मेदवार  विनोद ढकालले पितृ शोकको बीचमा मतदाता समक्ष अपिल गरेका छन् । माघ २८ गते पिता बिष्णुप्रसाद ढकालको १०१ बर्षको उमेरमा निधनपछि किरियापुत्री रहेका उनले आफू मतदाता सँगै रहेको बताएका हुन् । 

निर्वाचनको प्रचारप्रसारकै क्रममा सुन्दरहरैचा ७ मा कार्यकर्ता भेटघाटको क्रममा ढकालले बुवाको आकस्मिक निधन भएको खबर पाएका थिए । चुनावी अभियान चलाउन नपाएका ढकालले भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग सदैव साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले भने ‘म मतदाता बीचमै छु र मन मतदातासँगै छ ।म १३ दिने काम सकेर घरघरमा आउँछु । अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’ 

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको तर्फबाट डाक्टर शेखर कोइराला उम्मेदवार बनेका छन् । निक्कै रोचक मानिएको मोरङ ६ को निर्वाचनलाई रास्वपा उम्मेदवार रुविना आचार्यले दबाबमा राखेकी छिन् ।