धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। 

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।

petrlo-news-123