धरान : झापाको दमक-३ मा रहेको भुटानी शरणार्थी शिविरमा श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्।
४९ वर्षकी विष्णु माया तामाङ राईलाई श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा कुटपिटबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कुटपिट गरी फरार भएका ५५ वर्षीय सरे राईलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ जनाएको छ ।
पक्राउ परेका सेरेलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान गरिरहेको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।


































































