धरान : धरानमा बिहीबार साँझ थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इलेक्ट्रीसियनको रुपमा कार्यरत कर्मचारी गोर्खा घर भएका एक जना ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९० पुगेको छ ।


































































