धरान : धरान-१२ चतरालाइन स्थित २ होटल सञ्चालक सहित ९ जनालाई आज शनिवार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले होटल र सैनिक दिक्तेल होटेलमा छापा मार्दा यौन व्यवसाय भइरहेको अवस्थामा  उनीहरूलाई पक्राउ गरेको डिएसपी भिषण बाबु राईले जानकारी दिए।
पक्राउ पर्नेहरूमा कति जना महिला, पुरुष छन् भन्ने जानकारी भने प्रहरीले दिएको छैन ।
पक्राउ परेकाहरूको बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । प्रमाणित भए उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर अन्तर्गत थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
होटेलहरूमा यौन व्यवसाय सञ्चालन हुने क्रम बढेपछि विशेष निगरानीका आधारमा छापा मारिएको डिएसपी राईले बताए।