धरान : सुनसरी प्रहरीले आइतबार ठुलो मात्रामा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार आइतबार बिहान भोक्राहा नरसिंह गाउँपालिका वडानं. ४ मा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल आउँदै गरेका भोक्राहा नरसिंह .८ बस्ने शिव शङ्कर मेहताले झोला बोकी आउँदै गरेको शङ्कास्पद अवस्थामा देखि उक्त झोला चेक जाँच गर्दा अवैध लागू औषध फेला परेको थियो ।

उनको साथबाट डाईलेक्स डी.सी.२१ बोतल, स्पास्मो प्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ट्याब्लेट ३७ वटा फेला परेको थियो । मेहतालाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारबाही भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसै गरी बर्जु गाउँपालिका ३ स्थितमा भारतीय सीमा तर्फबाट लागू औषध लिई नेपाल तर्फ आउदैछन भन्ने सूचनाको आधारमा शङ्कास्पद अवस्थामा बोरा बोकी आउँदै गरेको मानिसलाई देखि प्रहरीले सोधपुछ गर्दा विराटनगर १६ बस्ने सन्तोष मण्डललाई पनि लागु औषध सहित पक्राउ गरिएको छ ।

उनको साथमा बोकी ल्याएको रातो प्लास्टिकको बोरा खोली चेक जाँच गर्दा उक्त बोरा भित्र अवैध लागू औषध डाईलेक्स डी.सी.५९ बोतल,स्पास्मो प्रोकसिभन १२ पत्तामा २८८ क्याप्सुल,नाईट्राभेट १० लेखिएको ट्याब्लेट २० पतामा ६०० वटा फेला परेको थियो । उनलाई पनि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई लागू औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारबाही भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































