धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिले राष्ट्रिय सार्वभौमिकता र मुलुकको सिमाना माथि हस्तक्षेप हुनु भनेको देशको अस्मिता माथिको प्रहार भएको बताएको छ ।
काँग्रेसका धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतद्वारा विगत तथा बर्तमानमा गरीएको अतिक्रमणका विषयमा सरकारमा हुँदा होस् या प्रतिपक्षमा हुँदा थी भूभाग बारे नेपाली काँग्रेसले सदैव प्रस्ट धारणा राखेर त्यसै अनुरूप आवश्यक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ ।
यस्तो परिस्थितिमा पनि नेपाल सरकार कुनै पनि कूटनीतिक पहल नगरेर वक्तव्य बाजीमा मात्र सीमित रहेको काँग्रेसले महसुस गरेको विज्ञप्तिमा उल्लेख छ । देशको सीमा मिचिदा पनि सत्ता पिल्सा र भ्रष्टाचारमा चुर्लुम्म डुबेको वर्तमान नेकपाको सरकार यो सब कुरालाई टुलटुल हेरिरहेको आरोप लगाएको छ । राष्ट्रिय हित र जनताको चाहना मात्र हैन मूलकको क्षेत्रफल माथिको हस्तक्षेप प्रति पनि उदासीन रहेको काँग्रेसले विज्ञप्तिमा आरोप लगाएको छ ।
यस कुरालाई समाधान गर्न वर्तमान सरकारले उचित पहल नगरेको भन्दै नेपाली काँग्रेस धरान उपमहानगर समितिको ध्यान केन्द्रित भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।


































































